लुटिएका हतियार र पोसाकसहितका सामग्री फिर्ता गर्न प्रहरीको आग्रह
काठमाडौं । नेपाल प्रहरीले गत भदौ २३–२५ गतेसम्म भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीसहित सुरक्षाबाट लुटिएका हातहतियार बुझाउन आग्रह गरेको छ । सोमबारदेखि सुरु भएको जेनजी समूहको प्रदर्शनका क्रममा लुटपाट मच्चिँदा ठूलो मात्रामा सुरक्षा निकायको हातहतियार लुटपाट भएको थियो । साथै प्रहरीको पोषाक समेत दुरुपयोग भएको भन्दै त्यसलाई फिर्ता गर्न आग्रह गरेको हो ।
