SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ ०९:२१ AM · 1 मिनेट पढाइ

भागेका कैदी तथा थुनुवा फर्कन थाले कारागार

काठमाडौं । गत मंगलबार ‘जेनजी’ आन्दोलनको आडमा महोत्तरी कारागारबाट भागेका कैदी/थुनुवा फर्कन थालेका छन् ।  कारागार कार्यालयका निमित्त प्रमुख रवीनचन्द्र ठाकुरले बुधबार राति तीन जना कैदी फर्केको पुष्टि गरे । ठाकुरका अनुसार, ‘हामीले कैदीरथुनुवालाई कुनै सर्त वा थप कारबाही बिना फर्कन अपिल गरेका थियौँ । यस अपिलको सकारात्मक प्रभाव परेको देखिन्छ।