SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ १०:०४ AM · 1 मिनेट पढाइ

संविधानसम्मत र लोकतान्त्रिक विधिबाट राजनीतिक निकास दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मुलुकको विद्यमान परिस्थितिबाट संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै राजनीतिक निकास खोजिनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्रीले राजीनामा दिएपछिको घटनाक्रमबारे पार्टीको केन्द्रीय सचिवालयको तर्फबाट वक्तव्य जारी गर्दै एमाले महासचिव शंकर पोखरेलले मुलुकलाई संविधान र लोकतान्त्रिक विधिबाट निकास दिनुपर्ने बताएका हुन् ।