SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ १०:२३ AM · 1 मिनेट पढाइ

डडेल्धुरा कारागारबाट भागेका ६ कैदी बैतडीमा पक्राउ

बैतडी । डडेल्धुरा कारागारबाट ‘जेनजी’ आन्दोलनको मौका छोपेर भागेका छ कैदीलाई बैतडी प्रहरीले नियन्त्रणमा लिएको छ । संयुक्त सुरक्षा टोलीले पाटन नगरपालिका–१ सकारबाट भारततर्फ भागिरहेका भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।