SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ १०:२८ AM · 1 मिनेट पढाइ

नख्खु कारागारबाट भागेका सञ्जय साह ‘टक्ला’ काभ्रेबाट पक्राउ 

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह ‘टक्ला’ लाई काभ्रेबाट पक्राउ गरिएको छ । जेनजीको प्रदर्शनको क्रममा नख्खु कारागारबाट भागेका उनलाई इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेको हो । उनलाई कैद भुक्तानका लागि कारागार पठाउने तयारी भइरहेको छ ।