SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ १०:४८ AM · 1 मिनेट पढाइ

नेपाल पत्रकार महासंघद्वारा राष्ट्रपतिलाई राजनीतिक निकासका लागि पहल गर्न आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले मुलुकलाई सङ्क्रमणकालीन अवस्थाबाट शीघ्र निकाल्न राष्ट्रपतिलाई संवैधानिक र राजनीतिक पहल गर्न आग्रह गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माले बिहीबार जारी विज्ञप्तिमा वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरूमार्फत समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्नेमा जोड दिएकी छन् ।