SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ ११:०२ AM · 1 मिनेट पढाइ

हेटौँडाको जनजीवन सामान्य बन्दै

हेटौँडा । पछिल्ला दिनमा अस्थिर बनेको हेटौँडाको अवस्था क्रमशः सामान्यतर्फ उन्मुख भएको छ । आन्दोलनपछिको तनावपछि नेपाली सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै जनजीवन सहज बन्दै गएको हो । सेनाले लागू गरेको निषेधाज्ञामा खुकुलोपन ल्याएसँगै बिहान ६ बजेदेखि १० बजेसम्म नागरिकलाई अत्यावश्यक कामका लागि बाहिर निस्कने अनुमति दिइएको छ ।