SHARE
लोक पथ · बिहीबार २६ भौ २०८२ ११:३३ AM · 1 मिनेट पढाइ

संवैधानिक बाटोबाटै राजनीतिक निकास दिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको विद्यमान अवस्थाबाट संवैधानिक बाटोमै राजनीतिक निकास दिनुपर्नेमा जोड दिएकी छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले हालैको ‘जेनजी’ आन्दोलनपश्चात् प्रधानमन्त्रीले दिएको राजीनामा स्वीकृत भइसकेको र संविधानबमोजिम गठित राष्ट्रपति तथा जननिर्वाचित संस्थाहरू अझै कायम रहेकाले यिनकै माध्यमबाट समाधान खोजिनुपर्ने बताइन् ।