बाँके जेलमा कैदीबन्दीले लगाए आगो
रुपन्देही । बाँकेको नेपालगन्जस्थित कारागारमा रहेका कैदीबन्दीहरूले निस्कन पाउनु पर्ने माग गर्दै बिहीबार दिउँसो आगजनी र तोडफोडमा उत्रिएका छन् । कैदीहरूले कारागारको भित्री गेटमा आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको हाे । आगो नियन्त्रणमा लिन प्रयास भइरहेका बेला कैदीहरू बाहिर निस्कन खोजेपछि नेपाली सेनाले रोक्न खोज्दा केही राउण्ड गोलीसमेत प्रहार गरिएको स्रोतले जनाएको छ ।
