SHARE
लोक पथ · शुक्रबार​ २२ साउन २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

कांग्रेस बलियो भए मात्रै लोकतन्त्र सुरक्षित हुन्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई विधि, प्रक्रिया र पद्धतिअनुसार सञ्चालन गर्दै संगठनलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र देखिएका अवरोध र अन्योललाई चिर्दै कार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।