भोटेकोशी बाढी प्रभावितका लागि शाओमी नेपालले दियो २० लाख
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ सहयोग गरेको छ । शाओमी नेपालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो ।
