रसुवा बाढी : यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा सरकारलाई ९१ लाख बढी सहयोग
काठमाडौं । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई ९१ लाख बढी आर्थिक सहयोग उपलब्ध गराएको छ । रसुवा बाढीपछिको उद्धार, राहत र पुनस्थापनाका लागि महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा ९१ लाख ८४ हजार ६ सय ९५ रुपैयाँमा हस्तान्तरण गरेको हो ।
