SHARE
लोक पथ · शुक्रबार​ २६ भौ २०८३ ०१:४३ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीको १७औँ दिन : १३ सय ८५ वटा शव भेटियो, पुनर्निर्माणमा साढे ६ खर्ब लाग्ने

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १७औँ दिनसम्म आइपुग्दा १ हजार ३ सय ८५ जनाको शव फेला परेको र ५ हजार १ सय ३० जना अझै बेपत्ता रहेको सरकारले औपचारिक जानकारी दिएको छ ।