‘मन्त्रीहरू नै खुट्टा भाच्ने र पाता कस्ने धम्की दिन्छन्, यस्तो त्रासमा कसले लगानी गर्छ ?’
काठमाडौं । पूर्वअर्थमन्त्री एवं सांसद वर्षमान पुनले सरकारका मन्त्रीहरूले निजी क्षेत्रलाई धम्क्याउने र तर्साउने गरेका कारण मुलुकको अर्थतन्त्र थप धराशायी बन्दै गएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले बजारमा महँगी बढेको, सेयर बजारले सरकारलाई पत्याउन छाडेको र ग्यासको चरम अभाव हुँदा पनि सरकार रमिते बनेको आरोप लगाए ।
