माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शुक्रबार अपरान्ह बसेको बैंक सञ्चालक समितिको ५६४औँ बैठकले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत (करसहित) लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।
