पहिरोले कहाँ–कहाँ रोकियो यातायात ?
काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका मुख्य सडक र राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै पहिरो, सडक कटान र बाढीको जोखिमका कारण धेरै सडकमा यातायात प्रभावित भएको जनाएको छ ।
