निर्मला प्रकरणमा न्यायको प्रश्न उठ्दा गृहमन्त्रीको प्रतिप्रश्न : तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ?
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा उनले सरकारले हत्या, हिंसा र बलात्कारजस्ता गम्भीर अपराधको अनुसन्धान निरन्तर गरिरहेको उल्लेख गर्दै निर्मला पन्त प्रकरणमा पनि अनुसन्धान जारी रहेको बताएका हुन् ।
