SHARE
लोक पथ · बिहीबार २१ साउन २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

मर्दी हिमालबाट फर्किने क्रममा हराएका तीन युवक सकुशल फेला

गण्डकी । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा सम्पर्कविहीन भएका कास्कीका तीन युवक सकुशल फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–१४ खसीबजारका अजित जिसी, युकेश गुरुङ र करण लामा बिहीबार बिहान अन्नपूर्ण गाउँपालिका–११ छुमरुङवेशीमा सकुशल भेटिएका हुन् ।