SHARE
लोक पथ · बिहीबार २१ साउन २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

भारतमा पूर्वप्रधानमन्त्री हसिना सक्रिय हुँदा बंगलादेशलाई तनाव

नयाँदिल्ली । बंगलादेशकी पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध अभियोगमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइए पनि आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्कने घोषणा गरेकी छिन् । उनको घोषणासँगै बंगलादेश सरकारले भारतमा उनको सार्वजनिक राजनीतिक गतिविधिप्रति तीव्र आपत्ति जनाएको छ ।