पौष मसान्तसम्म पुरानो बक्यौता तिरे जरिवाना छुट दिने नेपाल टेलिकमको घोषणा
काठमाडौं । नेपाल टेलिकमले पुरानो बक्यौता रकम तिर्ने ग्राहकलाई जरिवानामा छुट दिने भएको छ । टेलिकमका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको बाँकी रकम २०८३ साल पुस मसान्तभित्र बुझाउने ग्राहकले जरिवाना तिर्नुपर्ने छैन । कम्पनीले बक्यौता रकम बुझाएमा लाग्ने सबै जरिवाना छुट गर्ने जनाएको छ ।
