SHARE
लोक पथ · बिहीबार २१ साउन २०८३ ०२:०८ AM · 1 मिनेट पढाइ

नारायणगढ-बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । झण्डै सात वर्षसम्म निर्माणका कारण यात्रुलाई सास्ती दिएको नारायणगढ–बुटवल सडकखण्ड अहिले भने सहज बन्दै गएको छ । सडक विस्तारको अधिकांश काम सम्पन्न भएपछि नारायणगढदेखि बुटवलसम्मको ११३.३५ किलोमिटर दूरी सामान्यतया दुई घण्टामै पार गर्न सकिने अवस्था बनेको छ ।