SHARE
पर्दाफास · बिहीबार २६ भौ २०८२ ०२:०३ PM · 1 मिनेट पढाइ

हेटौँडामा एमाले र कांग्रेसद्वारा संविधानको पक्षमा प्रदर्शन

नेकपा एमाले र नेपाली कांग्रेसले हेटौँडामा संविधानको रक्षा गर्न माग गर्दै संयुक्त विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘संविधानको रक्षा गर’ भन्ने नारासहित हिँडेका थिए । सडक जुलुस र सभाका क्रममा वक्ताहरूले सैनिक शासन चाहिँदैन र राजा फर्काउन पाइँदैन भन्ने स्पष्ट सन्देश दिएका थिए ।