६२ कैदीबन्दी र बालबन्दी सेनाको नियन्त्रणमा, ९७ नाल हतियार बरामद
कारागारबाट भागेका थप ४३ जना कैदीबन्दी र १९ बालबन्दीलाई नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले दिएको पछिल्लो सुरक्षा अपडेट अनुसार धादिङको गजुरीस्थित धादिङ कारागारबाट भागेका ३९ र काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको हो ।
