काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने
नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरूको निर्णयअनुसार भदौ २७ गते केही समयका लागि आवतजावत गर्न दिने व्यवस्था मिलाइएको हो। जंगी अड्डाका अनुसार २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सामान्य आवतजावत गर्न सकिनेछ।
