उद्योगमन्त्रीको निर्देशनपछि एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टीम गठन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा एलपीजी ग्यासको अभाव हुन नदिन निर्देशन दिएपछि नेपाल आयल निगमले क्विक रेस्पोन्स टिम गठन गरेको छ । निगमका अनुसार टोलीले बुधबारदेखि नै काम सुरु गरेको छ ।
