पहिरो हटाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
काठमाडौं । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । बुधबार बिहान सिमलताल नजिकै पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो हटाएपछि अहिले सवारीसाधन आवतजावत गर्न थालेका छन् ।
