बेनी-जोमसोम सडकमा राति सवारी सञ्चालन बन्द
गण्डकी । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने बेनी–जोमसोम सडकखण्डमा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ बजेसम्म यो सडकमा सवारी आवागमन बन्द रहनेछ ।
