एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुने सरकारको दाबी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ । मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलाग्न, आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा सञ्चय नगर्न आग्रह गरेको छ ।
