SHARE
लोक पथ · मङगलबार १९ साउन २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

लिस्बनस्थित नेपाली दूतावासबाट राहदानीको अनलाइन आवेदन पुनः खुला

काठमाडौं । पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले केही समयदेखि बन्द रहेको राहदानीको अनलाइन आवेदन प्रणाली पुनः सञ्चालनमा ल्याएको छ । नयाँ राहदानी प्रणालीमा परिवर्तन गर्ने प्रयोजनका लागि बन्द गरिएको आवेदन प्रणालीको स्थापना कार्य सम्पन्न भएसँगै राहदानी आवेदन प्रक्रिया पुनः सुरु गरिएको दूतावासले जनाएको हो ।