सरकारले सामाजिक सञ्जाल सूचीकरणमा पुन आग्रह, भिपिएन प्रयोग नगर्नसमेत अनुरोध
२२ भदौ, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई दर्ता प्रक्रियामा आउन पुनः आग्रह गरेको छ। मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालभित्र निष्क्रिय गराइएका सामाजिक सञ्जालमा पहुँच पाउन भर्चुअल प्राइभेट नेटवर्क (#भीपीएन) प्रयोग नगर्न आमनागरिकलाई अनुरोध गरेको हो।
