कालिन्चोक इन्भेष्टमेन्टले प्राथमिक शेयर सार्वजनिक निष्काशन गर्ने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक नियुक्त
२३ भदौ, काठमाडौं। श्री कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ। कम्पनीले शेयर निष्काशन र बिक्री कार्यका लागि श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। कम्पनीको जारी पूँजी ८० करोड रुपैयाँ रहेको छ।
