सामाजिक सञ्जाल दर्ताबारे दायर रिट सर्वोच्चले दर्ता गर्न अस्वीकार
२३ भदौ, काठमाडौं। सरकारले ल्याएको सामाजिक सञ्जाल दर्ता र सूचीकरणसम्बन्धी निर्णयविरुद्ध दायर भएका रिट निवेदनहरू सर्वोच्च अदालतले दर्ता नै गर्न अस्वीकार गरेको छ। सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्कीका अनुसार यसअघि नै अदालतले दिएको फैसलाको आधारमा १० वटा छुट्टाछुट्टै रिट निवेदन प्रारम्भिक चरणमै अस्वीकृत गरिएको हो। ती रिटमध्ये अधिवक्ता डा. सुनिलरञ्जन सिंहसहित विभिन्न व्यक्तिहरू संलग्न थिए।
