जेनजी प्रदर्शनले बानेश्वरमा प्रहरी ब्यारिकेड तोड्ने प्रयास, संसद भवनसम्म पुगे
२३ भदौ, काठमाडौं। राजधानीको नयाँ बानेश्वर क्षेत्रमा जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शन उग्ररूप लिँदै प्रहरीको ब्यारिकेड तोड्ने प्रयास गरिएको छ। बिहान ९ बजेदेखि सुरु भएको आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले निषेधित क्षेत्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीसँग धकेलाधकेल भएको हो। यसक्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। तर स्थिति थप जटिल बन्दै गएको छ।
