SHARE
लोक पथ · सोमबार २३ भौ २०८२ १२:२७ PM · 1 मिनेट पढाइ

जेन-जी प्रदर्शन : २५० भन्दा बढी घाइते, २४ को अवस्था गम्भीर

काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा २५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये करिब २ दर्जनको अवस्था गम्भीर रहेको पाइएको छ । गृह मन्त्रालय स्रोतका अनुसार हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने विभिन्न अस्पतालमा उपचार गराउनको सङ्ख्या २ सय ५० भन्दा बढी रहेको छ ।