SHARE
लोक पथ · सोमबार २३ भौ २०८२ १२:२९ PM · 1 मिनेट पढाइ

जेन-जी प्रदर्शन : काठमाडौं महानगरले घाइतेलाई अस्पताल लैजान खटायो १५ एम्बुलेन्स

काठमाडौं । महानगरपालिकाले जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरू अस्पताल पुर्‍याउनका लागि १५ वटा एम्बुलेन्स खटाएको जनाएको छ । कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार आन्दोलनका क्रममा घाइतेलाई छिटो अस्पताल लैजान एम्बुलेन्स खटाउनुका साथै घाइतेहरूको तत्काल उद्धार गर्नका लागि नगर प्रहरीसमेत परिचालन गरेको छ ।