जेन-जी प्रदर्शन : सुन्धारा प्रहरी बिटमा आगजनी
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा सुन्धारास्थित प्रहरी बिटमा साँझ प्रदर्शनकारीले आगजनी गरेका छन् । बानेश्वरतर्फबाट लखेटिएका प्रदर्शनकारी समूह सुन्धारामा पुगेपछि प्रहरी बिटमा आगो लगाएको बताइएको छ । त्यति बेला प्रहरी संख्याभन्दा प्रदर्शनकारी बढी भएकाले तत्काल प्रतिकार गर्न नसकिएको प्रहरीले बताए । प्रहरीका अनुसार, प्रदर्शनकारी फर्किएपछि आगलागी नियन्त्रणमा लिइएको छ ।
