बालुवाटारमा मन्त्रिपरिषद् बैठक
काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक बसेको हो । आज काठमाडौंको माइतीघर–नयाँ बानेश्वरसहित देशभर जेनजी समूहले विरोध प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । देशभर जेनजीको आन्दोलन सोचेभन्दा फरक भएपछि त्यसबारे छलफल गर्न लागिएको हो ।
