जेन-जी प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, ३४७ जना घाइते
काठमाडौं । काठमाडौं लगायत देशका विभिन्न स्थानमा भएको जेन-जी प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले दिएको तथ्यांक अनुसार हालसम्म १९ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर काठमाडौंमा १७ जना र सुनसरीको इटहरीमा दुई जनाको मृत्यु भएको हो ।
