रास्वपाले भन्यो– ‘सरकार पूर्ण असफल भयो, अब अर्ली इलेक्सनमा जाऔँ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार भएको जेनजी समूहको प्रदर्शनबारे सरकारको आलोचना गरेको छ । अहिले संसदका दुई ठूला दलहरु मिलेर सरकार बनाएको तर नागरिकको आवश्यक्ता पूरा गर्न नसेकका कारण जेनजीले गरेको आन्दोलनमा सरकार अमानवीयता देखाएको भन्दै आक्रोश व्यक्त गरेको छ ।
