जेन-जी प्रदर्शन : इटहरीमा दुई जनाको मृत्यु
काठमाडौं । जेन-जी पुस्ताको आन्दोलनमा सुनसरीको इटहरीमा आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले मृतक करिब २५–२६ वर्षका रहेका भए पनि पहिचान खुल्न नसकेको बताए । आन्दोलनमा घाइते भएका तीन जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।
