कांग्रेस पार्टी कार्यालयसहित ललितपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा
काठमाडौं । ललितपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सोमबार साँझ विज्ञप्ति जारी गर्दै जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । जेन-जी समूहको प्रदर्शनका कारण विभिन्न क्षेत्रमा हुनसक्ने हुलदंगालाई ख्यालमा राखेर विभिन्न क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुजन घिमिरेले जनाएका छन् ।
