के गृहमन्त्री लेखकले राजीनामा दिँदैछन् ?
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाबारे कुनै कुरा नउठेको बुझिएको छ । जेनजी समूहले गरेको विरोध प्रदर्शनका क्रममा गृहमन्त्रीको ठूलो चुक रहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यसैबिच कांग्रेसले त्यसबारे छलफल गर्न आज पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको थियो ।
