SHARE
लोक पथ · सोमबार २३ भौ २०८२ ०२:२५ PM · 1 मिनेट पढाइ

जेन–जी आन्दोलनमा १७८ प्रहरी घाइते

काठमाडौं । सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा १७८ जना प्रहरी घाइते भएका छन् । ठुलो सङ्ख्यामा प्रहरी घाइते भएको भए पनि गम्भीर घाइते भने कोही पनि नरहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार हालसम्म १७८ जना प्रहरी घाइते भएको तथ्यांक आएको छ ।