SHARE
लोक पथ · सोमबार २३ भौ २०८२ ०२:५६ PM · 1 मिनेट पढाइ

आजबाट सरकारको औचित्य सकियो, जेनजीको साथमा सधैँ रहनेछु : डा. शेखर कोइराला

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेनजीको आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै आलोचना गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले आज सरकारकै कारण परिकल्पना भन्दा बाहिरको घटना हुन गएको बताए । साथै वर्तमान सरकारको औचित्य सकिएको भन्दै कटाक्ष गरेका छन् ।