‘जेन जी’ माथिको अत्याचार बन्द गर्न सरकारलाई सांसद किसान श्रेष्ठको चेतावनी
काठमाडौं । प्रनिधिनि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान)ले जेन जी माथिको अत्याचार बन्द गर्न सरकालाई चेतावनी दिएका छन् । सोमबार जेनजीले देशभर गरेको आन्दोलनमा प्रहरीले गरेको अत्याचारलाई भर्त्सना गर्दै सांसद श्रेष्ठले सरकारलाई चेतावनी दिएका हुन् । जेन जी आन्दोलनका क्रममा १९ जनाले ज्यान गुमाइसकेका छन् भने ३ सय ४७ जना घाइते भएका छन् ।
