ओलीप्रति बालेनको निर्मम शब्दमा कटाक्ष : ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्, आतंकवादी होस्’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा शब्दमा कटाक्ष गरेका छन् । जेनजी समूहको आन्दोलनमा सरकारले गरेको रबैयाप्रति कटाक्ष गर्दै बालेनले प्रधानमन्त्री ओलीप्रति कडा रुपमा आक्रोश व्यक्त गरेका हुन् । उनले प्रधानमन्त्री ओलीलाई ‘तँ’ शब्दमा नै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई आतंकवादीको संज्ञा दिएका छन् ।
