कांग्रेस पदाधिकारी बैठक सुरु, उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई बोलाइयो
जेनजी आन्दोलनका क्रममा १७ जनाको मृत्यु भएपछि त्यसबारे छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सुरु भएको छ । बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई बोलाइएको हो । उनीहरू दुवै जना बैठकमा पुगिसकेको स्रोतले जानकारी दियो ।
