जेनजीहरू थप आक्रोशित, प्रदर्शन अझै जारी
काठमाडौंको बानेश्वर लगायतका क्षेत्र आज दिनभरि तनाव ग्रस्त बन्यो । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका प्रहरीले हस्तक्षेत्र गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौं उपत्यकामा १६ जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन् । घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
