SHARE
लोक पथ · शनिबार १६ साउन २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

कुवेत आक्रमणमा निधन भएका नेपालीको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । उत्तरी कुवेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज नेपाल ल्याइँदै छ । तेह्रथुम निवासी तामाङको शव कुवेत एयरवेजमार्फत स्वदेश ल्याउने तयारी गरिएको हो । गत बिहीबार उत्तरी कुवेतमा भएको आक्रमणमा परी उनको निधन भएको थियो ।