SHARE
लोक पथ · शनिबार १६ साउन २०८३ ०७:०५ AM · 1 मिनेट पढाइ

हुलाकमार्फत आजदेखि घरमै पुग्नेछ सवारी चालक अनुमतिपत्र

सुर्खेत । हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको घरदैलोमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरदैलोमा ढुवानी सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम (पश्चिम) र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमतिपत्र हुलाकमार्फत नागरिकको घरदैलोमा ढुवानी सुरु भएको हो ।